राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । राष्ट्रियसभाले काँग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकले प्रखर समाजवादी चिन्तक समेत रहनु भएका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस अवसरमा उहाँको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्गीय गिरीको शोक प्रस्ताव प्रस्तुत गर्दै भन्नु भयो, ‘प्रतिनिधिसभाका सदस्य माननीय प्रदीप गिरीको निधन भएकोमा निम्न लिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु । विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मनु भएका प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मिति २०७९ साल भदौं ४ गते शनिबारको दिन निधन भएकोमा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ । स्वर्गीय गिरी नेपाली काँग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम संवत २०६२/६३ को जनआन्दोलनपछि पुन:स्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत २०६४ र विक्रम संवत २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत २०७४ सालको प्रतिनिधिसभा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो । यो बैठक स्वर्गीय प्रदीप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समदेवना प्रकट गर्दछ । माननीय सदस्यहरु उपरोक्त शोक प्रस्तावलाई पारित गरिदिन हुन अनुरोध गर्दछु । सो शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’

स्वर्गीय गिरी नेपाली काँग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम संवत २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत २०६४ र विक्रम संवत २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत २०७४ सालको प्रतिनिधिसभा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो ।

राष्ट्रियसभाको अर्को बैठक यही भाद्र १२ गते आईतबार अपरान्ह १ बजेर १ मिनेटमा बोलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?