गठबन्धन बैठकअघि प्रचण्ड र माधव नेपालबीच भेट, सम्भावित एजेन्डाबारे छलफल

Read Time = 1 min

काठमाडौं । सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

उहाँहरुबीच सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा भेटवार्ता भएको हो ।

छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।

यसैगरी बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको उनले बताए ।

यसैबीच आज ३ बजे बालुवाटारमा सत्तारूढ दलको बैठक बस्दैछ। बैठकमा हुनसक्ने सम्भावित एजेन्डाबारेसमेत छलफल भएको ती नेताले बताए ।
गठबन्धन बैठकअघि दुई दलले छलफल गरेर समान धारणा बनाउन खोजेको हुनसक्ने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?