सत्तारुढ दलका नेता लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्न डराउँछन् : केपी ओली

Read Time = 8 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुईक्क बोल्न नसकेको बताउनु भयो ।

सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पार्नु भयो ।

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्ष अघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो । सत्तारुढ दलका नेताहरु भने यसबारे चुईक्क बोल्न नसकेको उहाँको भनाई थियो । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमति, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भईरहेको दोहो-याउनु भयो ।

उहाँले भन्नु भयो, ‘यस पार्टीका नेताहरु छोरीबुहारीलाई माथि उठाउन काम गरिरहेका छैनन् । यहाँका नेताहरु श्रीमति, साला, भाई, भतिजा, आफन्त, परिवारका सदस्य, नातागोताहरुलाई माथि उठाउन लागि रहेका छैनन् । देश बनाउन लागेका छन नेकपा एमालेका नेताहरु । र, सिंगै पार्टीले देश बनाउनृे काममा केन्द्रित भएर आग्रह गरिरहेका छौं । आज देशको सावैभौमसत्ता भएको मन नपर्नेहरु, पटक पटक नाकाबन्दीमा पर्छन । एउटै देशतिरमात्रै बाटो । नाकाबन्दीमा पर्न नदिनका लागि के अर्कोतिरबाट पनि बाटो खोल्नुपर्छ । अर्को देशतिरबाट पनि बाटो खोल्ने । यताबाट ब्लग ग-यो भने उतातिरबाट बाटो खोल्ने त्यत्ति ग¥यो भने त नाकाबन्दी हुँदैन । तर, त्यत्ति नगर्ने । यहाँ कस्तो भयो भने हाम्रो राष्ट्रियता त कायरताको कारण रह्यो । जनता संयमित छ । तर, नेताहरु सत्ताको लोभ, त्यसले गर्दा थप्पड लगायो भने गएर खुट्टा समाएर आमा भनेर रुन्छ नि बच्चाले । त्यस्तै थप्पड लगायोभने पनि त्यसलाई सहेर बस्ने तर त्यसको विकल्प नखोज्ने चीन त्यहाँ छँदै थियो । पहिल्यैदेखि थियो । किन बाटो नखोलेको ? किन पारवहन, यातायात सम्झांैता नगरेको ? किन सधैंका लागि नाकाबन्दीबाट देशलाई मुक्त नगरेको ? हामीले त्यसलाई मुक्त गरेका छौं । नेकपा एमाले त्यस्तै पार्टी हो । ६० वर्ष अगाडिदेखि, १४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन । नेकपा एमाले बोल्यो, हामी बोल्यौं । र, हामीले नक्सा जारी ग¥यौं । संविधानमा त्यसलाई समेटयौं । र, हामीे पत्राचार ग¥यौ भारतलाई–यो हाम्रो हामीलाई दिनुस । म सुन्छु–यो कुरा भारतलाई मन परेको छैन रे । भारतलाई मन पर्छ कि पर्दैन होइन । भारतलाई मन पर्न पर्छ । नेपालले आफ्नो जमिन फिर्ता मागेर हामी अरुको जमिनमा दावी गरिरहेका छैनौं । हामी आफ्नो जमिन फिर्ता मागिराखेका छौं । त्यत्ति पनि मन नपाउने ? त्यस्तो पनि हुन्छ ? त्यसकारण यो मन पराउनुपर्छ, फिर्ता गर्नुपर्छ । यो कुरासँग यो गठबन्धन भन्ने छ नि । गठबन्धनको हुर्नुस्त म्याउम्याउ । यिनीहरुले लिम्पियाधुरा, लिपुलेक, कालापानी भनेर भन्न सक्छन, बोल्न सक्छन ? म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीजी, तपाईको भूमि, तपाईको पश्चिमको नक्सा, तपाईको प्रदेशको नक्सा, तपाईको जिल्ला भन्दा एकजिल्ला पर्तेरको नक्सा, दार्चुलाको नक्सा त्यहाँ लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको होकि होइन ? त्यहीँ ठाउँको मान्छे, तपाईँले त डाँडामा उभिएर पनि हेर्नु भएको छ । ल, भन्नुस त्यो हो कि होइन ? बोल्नुहुन्न उहाँ । महान क्रान्तिकारी, अनेक तमासा गर्ने प्रचण्डजी, लिम्पियाधुरा, लिपुलेक, कालापानी कसेको हो भन्नुस ? अस्ती जाँदा पनि चुईक्क बोल्नु भएन इन्डियामा ? चुईक्क बोल्नु भएन । बोल्नुस । माधव नेपाल भन्ने अर्को हुनुहुन्छ फेरी । उहाँ बोल्नुस । कसको हो, लिम्पियाधुरा, लिपुलेक, कालापानी ? शेरबहादुरजी जानु भयो । प्रचण्डजी जानु भयो । आफूलाई नबोलाएकोमा बडो दुखित भएर बस्नु भएको आजकाल । शेरबहादुरलाई बोलाए । प्रचण्डलाई पनि बोलाए । मलाई बोलाएनन् भनेर बस्नु भएको छ । उहाँलाई दुःख त्यहीँ छ । बोल्न पर्दैन आफ्नो देशको बारेमा । नेपाली काँग्रेस मत उहिलेदेखि अहिलेसम्म नेपाली काँग्रेस नसप्रिएकोमा अचम्म लाग्छ ।’’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाउनु भयो । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उहाँको भनाई थियो । ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दावी पनि गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?