हृदयाघात भएका राजु श्रीवास्तव फ्यानका कारण असुरक्षित

Read Time = 2 mins

मुम्बई । भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तव हालका दिनमा नयाँदिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा जीवन र मृत्युको युद्ध लडिरहेका छन् । सारा भारत उनको स्वास्थ्य लाभको प्रार्थना गरिरहेको छ । डाक्टरहरूले आफ्नोतर्फबाट उनलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन् । उनको उपचारका लागि कोलकाताबाट राम्रा न्युरोलोजिस्ट पनि बोलाइएको छ ।

यति हुँदाहुँदै पनि राजु फ्यानका कारण असुरक्षित बनेका छन् । एक अपरिचित व्यक्ति राजुलाई राखिएको आइसियू कक्षभित्र पसेर उनीसँग सेल्फी लिन खोजेका छन् । त्यसपछि उनलाई अस्पतालका कर्मचारीले सोधपुछ गरेका थिए । राजुका परिवारले घटनाप्रति चासो राख्दै सुरक्षा बढाउन अस्पताल प्रशासनसँग माग गरेपछि आइसियू कक्षबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । जोकोहीलाई पनि विना अनुमति भित्र पस्न निषेध गरिएको छ ।

गत १० अगस्टमा जिममा व्यायाम गरिरहँदा राजुलाई हृदयाघात भएको थियो । त्यसपछि उनलाई नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?