हातमा कालो पट्टी बाँधेर भोजपुरका कर्मचारीले काम गरे

Read Time = 2 mins

भोजपुर । कर्मचारी मैत्री संघीय निजामति सेवा ऐन तत्काल जारी गर्न माग गर्दै भोजपुर जिल्लामा कार्यरत निजामति कर्मचारीहरुले पनि हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।

जिल्लामा क्रियाशिल ट्रेड युनियनहरुको अगुवाईमा कर्मचारीहरुले कालो पट्टी बाँधेर काम गरेका हुन । कर्मचारी मैत्री संघीय निजामति सेवा ऐन तत्काल जारी गराउन निजामति कर्मचारी ट्रेड युनियन सञ्जालका मागहरू सहित भोजपुरका सबै कार्यालयहरूमा कर्मचारीहरूले हातमा कालो पट्टी लगाई कामकाज गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति भोजपुरका अध्यक्ष नरेश राईले बताउनु भयो ।

ट्रेड युनियन सञ्जालले राखेका मागहरुमा ऐक्यबद्धता जनाउँदै भोजपुरमा कार्यरत निजामति कर्मचारीहरुले पनि केन्द्रिय कार्यक्रम अन्तर्गत कालो पट्टी हातमा बाँधेर काम गर्ने र कार्यालयहरुमा माग सहितको ब्यानर राख्ने काम गरिएको अध्यक्ष राईले बताउनुभयो ।

कर्मचारीहरुले उठाएका बिभिन्न ११ बुँदे मागहरुमा निजमति सेवा ऐन तत्काल जारी गर्नु पर्ने, क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चिता गरिनु पर्ने, तीनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामतिको परिभाषामा समेटिनु पर्ने, तीनै तहमा तहगत प्रणाली लागु गरिनु पर्ने , अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको न्यायोििचत ब्यवस्थापन गरिनु पर्ने लगायतका रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?