एचएचसिए र इबिएको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एचएचसिए र इडेन ब्रिज एकेडेमी (इबिए) ले १५औँ क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।

एचएचसिएले हिमरश्मीलाई ३६-२६ तथा इबिएले युनिभर्सिटीलाई ४०-३४ ले पराजित गरे । एचएचसिएका विकी मानन्धरले १० तथा इबिएका सौगात कार्कीले २४ अङ्क जोड्नुभयो । सोही स्पर्धामा भ्याली पब्लिकले स्कलर्स होमलाई ५०-३५ ले हरायो । भ्याली पब्लिकका अनिमेश अधिकारी र पासाङ शेर्पाले १४-१४ स्कोर गर्नुभयो ।

सिनियर गल्र्समा भ्याली पब्लिकले ग्रिनल्यान्ड ‘ए’ लाई २३-२१ त्था एचएचसिएले ग्रिनल्यान्ड ‘बी’ लाई ३१-२४ ले पाखा लगाए । भ्याली पब्लिककी लोरिशा गौचन र लाक्षी तामाङले सात/सात तथा एचएचसिएकी आस्ना तामाङले १० अङ्क बटुल्नुभयो ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले बिएनएलाई १६-१४, सेबले फ्लोरोसेन्टलाई ११-१०, एलएनएले हिमरश्मीलाई २२-११, एन्जल्स हार्टले पृथ्वीलाई २६-१६ तथा इबिएले ग्रिनल्यान्डलाई २३-१३ ले पन्छाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?