लमजुङमा ठूलो परिणामसहित लागुऔषध कारोबारी पक्राउ

Read Time = 2 mins

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले ठूलो परिणाममा लागूऔषधसहित बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट दुई जनाको साथबाट ३ सय ११ थान लागूऔषधसहित पक्राउ गरेको हो ।

मर्स्याङ्दी गाउँपालिका ३ बस्ने २९ वर्षको दोर्जे भनी चिनिने भीम बहादुर तामाङ र बेसिशहर नगरपालिका ८ बस्ने वर्ष ४२ का बमबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले तामाङको साथबाट २ एमएलको डाइजेपाम एम्पुल ९० थान, फेनारगन एम्पुल ८९ थान, नुफिन एम्पुल ८७ थान , दुई थान मोबाइल र नागरिकता बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताउनु भयो ।
यस्तै अर्का लागूऔसध कारोबारी कवाडी बमे भनी चिनिने बस्नेतको साथबाट २ एमएलको डाइजेपाम एम्पुल १५ थान, फेनारगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले तामाङलाई आइतबार र बस्नेतलाई शुक्रबार लागूऔषधहित पक्राउ गरिएको बताउनु भयो ।
पक्राउ परेका तामाङ र बस्नेतलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई थप अनुसन्धान भइरहेको रेग्मीले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?