उद्धार गरिएकी महिलाको कोखमै शिशुको मृत्यु, आमाको अवस्था सामान्य

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्बरबाबु बोहरा

बैतडी । बैतडीमा हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएकी एक महिलाको कोखमै बच्चाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका–६ थलाकी २० बर्षीय बिन्दु धामीको सोमबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

लामो समयको प्रसव पीडाका कारण आमाको कोखमै शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुत्केरीसँगै प्रादेशिक अस्पताल सुर्खेतमा रहनुभएकी थलाकाडा स्वास्थ्य चौकीकी अनमी धाना बलायर रोकायाले उक्त कुराको जानकारी दिनुभयो । आमाको अवस्था भने सामान्य रहेको छ ।

सोमबार बिहान साढे ११ बजे थलाकाडाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धामीलाई सुर्खेत प्रादेशिक अस्पताल लगिएको थियो ।

आइतबार थलाकाडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सोमबार हवाई उद्धार गरी लगिएको हो । तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उहाँलाई हेलिकप्टरमार्फत रेफर गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमखु योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?