स्याङ्जा क्षेत्र नं १ (क) बाट अजित क्षेत्रीले उम्मेदवारी दिने

हिमालय टाइम्स
Read Time = 1 min

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका नेता अजित क्षेत्री अधिकारीले स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं १ (क) मा उम्मेदवारी दिने तयारी थाल्नुभएको छ ।

हाल उहाँ नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्य एवं नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा समेत रहनुभएको छ । गत जिल्ला अधिवेशनमा स्याङ्जा क्षेत्र नं १ बाट लोकप्रिय मतसहित दोस्रो नम्बरमा उहाँ महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको थियो ।

युवापुस्तामाझ निकै लोकप्रिय रहनुभएका क्षेत्री गाउँगाउँस्तरका जनताहरूमाझ पनि त्यत्तिकै लोकप्रिय हुनुहुन्छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिनुभएका क्षेत्रीले लामो समयसम्म नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षको रूपमा समेत काम गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?