नरैनापुर सुक्खा क्षेत्र घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

नेपालगञ्ज धान रोपाइँ नभएपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । १५ प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताउनुभयो ।

‘किसानको मर्म प्रकृतिले पनि बुझेन, नरैनापुरका खेतमा रोपाइँ हुन सकेन, नेपालगञ्जमा परेको पानी नरैनापुरमा पर्दैन,’ उहाँले भन्नुभयो, ‘मोटर र बोरिङको सहारामा रोपेको धान पनि खेतमै सुक्यो, सुक्खा क्षेत्र घोषणा गर्नुबाहेकको विकल्प रहेन ।’ नरैनापुरमा पानीको सङ्कट भएपछि कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताउनुभयो ।

‘सिँचाइका लागि डिप बोरिङलगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजेलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सङ्घ र प्रदेशमा पनि सहयोगका लागि पहल गरिरहेका छौँ ।’

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?