विराज तीजविशेष कार्यक्रम सम्पन्न

Read Time = 3 mins

काठमाडौं । समावसेवी संस्था विराजको वार्षिक साधारणसभा तथा महिलाहरूको तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष रामप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्वमन्त्री तथा सांसद भीमसेनदास प्रधान विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा डा.सुभाष घिमिरे, कलाकार निखिल उप्रेती, पूर्वशिक्षिक मोहनचन्द्र वाग्ले तथा समाजसेवी ताराबहादुर कुँवरलाई सम्मानित गरिएको थियो । कार्यक्रममा दिनेशकुमार मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष नरबहादुर कटुवालले वार्षिक आयव्यवको विवरण पेश गर्नु भएको थियो ।

रामप्रसाद दाहालले अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको शुभकामना पनि पढेर सुनाइएको थियो । विशष्ट अतिथि प्रधानले पानसमा बत्ती बालेर कार्यक्रममको उद्घाटन गर्नुका साथै विराज वेभसाइटको पनि उद्घाटन गर्नुभएको थियो । विराज समाजको १५औं वार्षिक साधारण सभामा सम्मान समितिका अध्यक्ष प्रा.मुकुन्दराज दाहाल, कलाकार लक्ष्मी गिरि, रामहरि खतिवडा, सम्मानितका तर्फबाट डा.सुभाष घिमिरेले बोल्नु भएको थियो ।

विराजका सल्लाहकार पुरुषोत्तम दाहालले हालै निर्वाचित जनप्रतिनिभिहरूलाई शुभकामना दिँदै उहाँहरूको वास्तविक बधाई तथा परीक्षण आफ्नो कार्यकाल पूरा गरेपछिमात्र हुनेछ भन्नुभयो । कार्यक्रममा संविधानसभाका सभासद् रामहरि खतिवडा तथा ओखलढुंगा जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनालले पनि बोल्नुभएको थियो । औपचारिक कार्यक्रमपछि हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त अवसरमा ओखलढुंगा जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनाल, सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनाल, सिनपा–७ का वडा प्रमुख भलबहादुर कटवाल, सिनपा-६ का वडा प्रमुख मेखबहादुर मगरगायत व्यक्तिहरूलाई बधाई ज्ञापन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?