कुचो सङ्घमा फेरि कार्की

Read Time = 2 mins

काठमाडौं । नेपाल कुचो सङ्घको अध्यक्षमा राजकुमार कार्की चयन हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न सङ्घको प्रथम अधिवेशन तथा साधारणसभाबाट कार्की पुनः अध्यक्षमा चयन हुनुभएको हो ।

२१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खेम पोखरेल, तीन उपाध्यक्षमा रविन्द्र खड्का, मात्रिका घिमिरे र सुवास बोलखे, महासचिवमा धनपति पोखरेल र दुई सचिवमा राजीव रौनियार र सुशील गौतम रहनुभएको सङ्घले जनाएको छ ।

कोषाध्यक्षमा रुष्मा खतिवडा, प्रदेश १ अध्यक्षमा हेमचन्द्र बोहोरा रहनुभएको बताइएको छ । अधिवेशनको अवसरमा सङ्घले उत्कृष्ट निर्यातकर्ताका रूपमा सञ्जीव साहलाई सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल र इलाम नगरपालिकाका मेयर केदार थापा पनि सम्मानित हुनुभएको छ ।

साधारणसभा तथा अधिवेशन उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । सङ्घका अनुसार हाल औपचारिक र अनौचारिकरूपमा तीनदेखि चार अर्बको कुचो निर्यात हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?