नेपाल इन्भेस्टमेन्ट बैङ्कको सहयोगमा पशुपति सङ्ग्रहालय र महास्नान घर

Read Time = 2 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति सङ्ग्रहालय तथा महास्नान घरको सोमबार उद्घाटन गर्नुभएको छ । सो अवसरमा नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्चपदस्थ अधिकारी कर्मचारीको उपस्थिति रहेको थियो ।

धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्ति, ढुङ्गाका मूर्ति, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवं पुरातात्विक महत्वका छैटौँ शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्री सङ्ग्रहालयको मुख्य आकर्षण रहेका छन् ।

इन्भेस्टमेन्ट बैङ्कले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नान घर भवनलाई पुनर्निर्माण गरी यस पवित्र ‘पाशुपत क्षेत्र’ मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीलाई एकै स्थानमा सङ्कलन, अभिलेखीकरण र प्रस्तुतीकरण गरी सङ्ग्रहालयका रूपमा विकास गरी बैङ्कले कोषलाई पुनर्निर्मित पशुपति सङ्ग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ ।

साथै बैङ्कले सङ्ग्रहालय महास्थान घर परियोजनामा पाँच करोड १४ लाख तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब चार करोड गरी कुल नौ करोडभन्दा बढी सहयोग गरेको छ ।

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
sunil shah
sunil shah
2022-08-23 2:38 pm

Please check the content of your headlines as the event was under the CSR program of Nepal Investment Bank Ltd. and the photograph is also misleading.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?