Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

आर्थर गनको ‘टुबोर्ग होमकमिङ टुर’ सुरु

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । क्लब प्लाटिनममा अमेरिकन आइडल स्टार आर्थर गनको टुबोर्ग होमकमिङ टुर सुरु भएको छ । आर्थर गन नामले चर्चित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको क्लब प्लाटिनममा भरपुर दर्शकमाझ सुरुवात गर्नुभएको थियो । उहाँले कार्यक्रम ‘उनले के पीर प¥यो तिमीलाई ?’ गीतबाट सुरु गर्नुभएको थियो । लभ इज माई रिडेम्पसन, न्यानो घरलगायत पोखरेलका लोकप्रिय गीतलाई दर्शक निकै मन पराएका थिए । समग्रमा दर्शकले आर्थरका नेपाली र अङ्ग्रेजी गीतको मजा लिनुका साथै क्रिडेन्स् क्लियरवाटर रिभाइभलको ‘हृयाब यु एभर सिन द रेन’ जस्ता हिट गीतको पनि आनन्द लिएको आयोजकले जनाएको छ । क्लब प्लाटिनममा टुरको उद्घाटनपछि आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोडजस्ता नेपालका विभिन्न शहरमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल १८औँ सिजन’ को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता बढेको हो । प्रायः दर्शकले उहाँलाई अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन्, जहाँ पोखरेलले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स क्लियरवाटर रिभाइभलको हृयाब यु एभर सिन द रेन नामक गीत गाउनुभएको थियो । उहाँको प्रस्तुतिलाई सबै निर्णायकले धेरै प्रशंसा गरेका थिए भने विश्वप्रसिद्ध गायिका केटी पेरीले समेत ‘हि इज द बेस्ट’ भन्दै प्रशंसा गर्नुभएको थियो । पोखरेल उक्त शोको १८औँ सिजनको उपविजेता बन्न सफल हुनुभएको थियो । टुबोर्गको सङ्गीतसँग निकै गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली सङ्गीत क्षेत्रको उत्थानका लागि समर्थन गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै टुबोर्ग पछिल्लो टुरको शीर्ष प्रायोजक रहेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्नुहुन्छ, ‘टुबोर्गको सङ्गीतसँग लामो समयदेखि सम्बन्ध रहिआएको छ । टुबोर्गले नेपाली सङ्गीत क्षेत्रको उत्थान र सङ्गीतका विभिन्न विधालाई सधैँ समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौँ, किनभने उनले आफ्नो सङ्गीतमार्फत् नेपाली सङ्गीतप्रेमीलाई गौरवान्वित बनाएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?