नेपाली नर्स बेलायत लैजाने प्रक्रिया सुरु

Read Time = 2 mins

काठमाडौं । बेलायत सरकारले नेपाली नर्सलाई रोजगार प्रदान गर्ने भएको छ । सो सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालस्थित बेलायतकी राजदूत निकोला पोलिटबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसँगै नेपाली स्वास्थ्यकर्मीलाई विधिसम्मत् तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको विकासमा समेत सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने बताइएको छ । नेपाली स्वास्थ्यकर्मी छनोट, पदस्थापन, सेवासुविधासम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र सबै व्यवस्था जिटुजी प्रक्रियाबमोजिम हुने मन्त्रालयले जनाएको छ ।

परीक्षणको पहिलो चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेन्सनको प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ति प्रक्रियाका कुनै शुल्क नलाग्ने बताइएको छ । नेपालस्थित बेलायतकी राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर शुद्धीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने बताउनुभएको छ । बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तर्गतका स्वास्थ्य संस्थामा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्ति माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?