किभ । रुसी हमलामा करिब नौ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब नौ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए ।
भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन् । उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब र्नौ हजार नायकहरूमध्ये हुन सक्ने उनले बताए ।
झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरूले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन् । यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा तीन हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका