पाँचथरमा विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

-जितेन्द्र भण्डारी

पाँचथर । नाबालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको याङवरक गाउँपालिका वडा न. ४ स्थित सनसाइन बोर्डिङ स्कलका एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङको रिम्बिक घर भएका २५ वर्षीय सरजित ठटाल रहेका छन् । उनले सो स्कुूलमा पठाउँदै आएका थिए ।

शुक्रवार साँझ नाबालिकामाथि शिक्षक ठटालले बलात्कार गरेको भनि पीडितका आफन्तको जानकारी गराएपछि सोमबार साँझ आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नाबालिकाका परिवारले आइतवार जाहेरी दिएपछि आरोपितलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरीका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?