कविता : फूल फुलाउनु पर्दछ

हिमालय टाइम्स
Read Time = 1 min

✍️ अनुराधा थापा

अब काँडा होइन यो देशमा
फूल फुलाउनु पर्दछ
भोक होइन यो देशमा
सबका पेट भरिनु पर्दछ ।।

रोग होइन यो देशमा
त्यसको उपचार गरिनुपर्दछ
शोक होइन यो देशमा
हाँसो भई सबका मुहारमा फुल्नु पर्दछ ।।

विगतका आँसु पखाल्न या पुछ्न
विवेकशील, सम्वेदनशील भई लाग्नुपर्दछ
परिश्रमका फूल फुलाई
इमानदारीताले सजाउनु पर्दछ ।।

भोका नांगा जनताका
अब माग पुर्‍याउनु पर्दछ
परिवर्तनको यो संघारमा
विकासको मूल फुटाई
समृद्धशाली नयाँ नेपाल बनाउनु पर्दछ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?