कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

-पूर्ण चलाउने/दिनेशकुमार थपालिया

टोकियो । जापानको कानागावा केनमा बस्ने नेपालीहरूको साझा संस्था ’कानागावा नेपाली कम्यूनिटी’ को तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ ।

अधिवेशनले राजेन्द्र श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै १८ सदस्यीय कार्यसमितिको गठन पनि गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेललाई चयन गरिएको छ,भने उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टिकाराम कँडेल र राजेन्द्र अर्याललाई चयन गरिएको छ ।

त्यसैगरी महासचिवमा सुशील तिवारी, कोषाध्यक्षमा सुरेश के.सी. र सह-सचिवमा रूद्रलाल कँडेल ‘रामु’ चयन हुनुभएको छ ।

कम्यूनिटीको सदस्यहरूमा सुदीप लम्साल, राजकुमार श्रेष्ठ, सचिन के.सी., भरत देवकोटा, विष्णु थापा क्षेत्री र नारायणप्रसाद कँडेललाई चयन गरिएको अधिवेशनको निर्वाचन समितिका संयोजक प्रकाश पौडेल ‘माइला’ ले जानकारी दिनुभयो ।

पौडेल संयोजकत्वको निर्वाचन समितिमा बाबुराम भण्डारी र लोकनाथ वस्ती सदस्य रहनुभएको थियो ।

अधिवेशनको समापन समारोहमा कानागावा नेपाली कम्यूनिटीका संरक्षक जिज्ञानकुमार थापा, गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक सह-संयोजक ददीवल खड्का, नेपाली व्यापार संघ/जापानका अध्यक्ष विजय थकाली,चितवन समाज/जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ,दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, संचारकर्मी दिनेशकुमार थपलिया लगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कानागावा नेपाली कम्यूनिटीका निबर्तमान अध्यक्ष डोलराज सापकोटा ‘हरि’ ले आफ्नो कार्यकालमा संस्थालाई सहयोग गर्ने सबैप्रति आभारी भएको बताउँदै क्रियाशिल संस्था बनाउन सकेकोमा खुशी ब्यक्त गर्नुभयो ।

नव-निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थाको साखलाई उच्च राख्दै नेपालीका लागि संस्थाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?