बैतडी । बैतडीका दुई ठाउँमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । हनुमानध्वज गुल्म बैतडीको बम डिस्पोज टोलीले उक्त शंकास्पद बस्तुलाई डिस्पोज गरेको हो ।
मंगलबार बिहान सतबाँझमा रहेको भण्डारी आयल स्टोर नजिक र सुर्नया गाउँपालिका जाने गेट नजिक किनारमा राखीएको शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी गोबिन्द थापाले जानकारी दिनुभयो ।
उक्त बस्तु बम नभएको नेपाली सेनाले जनाएको छ । शंकास्पद बस्तु फेला परेको खबर पाउने बित्तीकै नेपाली सेनाको बम डिस्पोज टोली घटनास्थलमा पुगेको थियो ।
विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् । उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका