धादिङमा बन्दको आंशिक प्रभाव

Read Time = 3 mins

-बाबुराम श्रेष्ठ
धादिङ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण धादिङमा आशिंक प्रभाव देखिएको छ । विहानैदेखि नीजि सवारी साधनहरु सञ्चालनमै छन् भने सार्वजनिक यातायात बन्द भएका छन् ।

बन्दका कारण धादिङबेसीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु बीच बाटो मै अलपत्र परेका छन्, भने शैक्षिक संस्थाहरु समेत बन्द भएका छन् । बन्द आह्वानका कारण अधिकांश शैक्षिक क्षेत्र र यातायातहरु बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारको विरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आवह्रान गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी धादिङले नेपाल बन्दको पुर्वसन्ध्यामा सोमबार साँझ मसाल जुलुस निकालेको थियो ।

बन्द कर्ताले राजधानी काठमाडौं छिर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग स्थित धार्के बजारमा मसाल जुलुस निकालेर बजार परिक्रमा गरि कोणसभा गरेका थिए । साथै उनीहरुले राज्यको रवैयाको कडा रुपले निन्दा गर्दै यथासिघ्र एमसीसी र एसपिपि, पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दीको रिहाई र आकासिँदो महङ्गी नियन्त्रण गर्न माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?