प्रहरी निरीक्षक अधिकारी उत्कृष्ट घोषित

Read Time = 2 mins

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अर्जुन अधिकारी उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । अधिकारीसँगै १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ पनि उत्कृष्ठ हुनु भएको छ ।

घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको भन्दै प्रहरी निरीक्षक अधिकारीलाई उत्कृष्ठ प्रहरी घोषित गरिएको हो । भोजपुर नगरपालिका वडा नम्वर ६, देउराली नजिकै ओडारेमा भोजपुर नगरपालिका ८ पोखरेका ६० बर्षिय सूर्यबहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउने लगायतका उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले श्रावण ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

प्रहरी निरीक्षक अधिकारीलाई मोटरसाइकल चोरीमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउनुका साथै जनताको शान्ति सुरक्षामा पनि उत्कृष्ठ कार्य गरेको भन्दै पौवादुङमा गाउँपालिका भोजपुरले पनि सम्मान गरि सकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?