प्रदेश सभा निर्वाचनमा खोटाङ प्रदेश ‘ख’ बाट एमाले अध्यक्ष दंगाल, ‘क’ बाट चारजना आकाङक्षी

Read Time = 1 min

-चिसाङ शेर्पा
खोटाङ । नेकपा एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगालले प्रदेश सभा निर्वाचनमा निर्वाचन क्षेत्र प्रदेश ‘ख’ बाट उम्मेदवारी दिनुहुने भएको छ ।
आगामी मंसिर ४ गते एकैसाथ हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रदेश ‘ख’ बाट दंगालको निर्विकल्प उम्मेदवारी पर्ने देखिएको हो ।
एमालेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका दंगाल एमालेबाट त्यस क्षेत्रको एक्लो उम्मेदवार भएको एमालेका एक नेताले बताउनुभयो । उहाँ निर्विकल्प उम्मेदवार नै भन्दा फरक पर्दैन ।

यता, निर्वाचन क्षेत्र प्रदेश ‘क’ मा एमालेका नेता पिके राई, कर्ण घले, खगेन्द्र राई, देबविक्रम राई आकाङक्षी छन् । यस्तै, प्रतिनिधिसभा निर्वाचनमा नेता विशाल भट्टराई, उषाकला राई, रमेशकुमार पौडेल र पिके राई आकाङक्षी देखिएको श्रोत बताउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?