भोजपुरमा गाडी र विद्यालयमा बन्दकाे प्रभाव

फाइल तस्बिर

Read Time = 1 min

भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार पार्टीले गरेको बन्दको प्रभाव भोजपुरमा पनि परेको छ । बन्दका कारण भोजपुरको पनि जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण जिल्लाबाट अन्यत्र जाने आउने यातायातका साधनहरु चलेनन भने जिल्ला भित्र बिद्यालयहरुमा पनि पठनपाठन हुन सकेन । नेपाल सरकार र नेकपा (विप्लव) बीच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै मङ्गलबार नेपाल बन्दको आह्वान गरिएको थियो ।
बन्दका कारण जिल्लाबाट चल्ने सवारीका साधनहरु समेत सहजरुपमा संचालनमा आएनन । शैक्षिक सस्था, बजार तथा पसलहरु समेत बन्द देखिन्थे । यातायातका साधनहरु संचालनमा नआए पछि सरकारी कार्यालयहरुमा काम लिएर आउने नागरिकहरु पनि कमै देखिएका थिए । बन्दकर्ता सडकमा नदेखिए पनि बन्दको प्रभाव यहाँ देखिएको हो ।

बन्दका क्रममा भोजपुरमा त्यस्तो कुनै घटना भने नघटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?