चुम्बनले प्रदान गर्ने रोमान्टिक जीवन

Read Time = 5 mins

काठमाडौं । रोमान्टिक जीवनमा चुम्बनको महत्वपूर्ण भूमिका हुन्छ । पश्चिमी समाजमा चुम्बन गर्नु सामान्य मानिए पनि हाम्रो जस्तो मुलुकमा चुम्बन लुकिछिपी मात्र हुने गर्दछ। पश्चिमाहरुले यसलाई विश्वभरका लागि सामान्य व्यवहार ठान्छन् । तर, नयाँ अध्ययन अनुसार चुम्बन गर्ने संस्कार सबैतिर छैन । विश्वको कुल जनसंख्याको आधाभन्दा पनि कममा मात्र चुम्बन गर्ने प्रचलन छ ।

गर्नेहरुले चुम्बनका फाइदाका विषयमा खोज अनुसन्धान गरेका छन्, चुम्बन प्रचलित देशहरुमा यसको छुट्टै महत्व रहेको बताइन्छ ।
चुम्बनले सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्छ । चुम्बन गर्ने र गरिने व्यक्तिबीचको सम्बन्ध र चुम्बन गरिने अङ्ग, त्यस समाजमा प्रचलित संस्कार एवं चुम्बन गरिने परिप्रेक्ष्यको आधारमा वात्सल्य, श्रद्धा, आदर, सद्भाव, प्रेम, काम वासना प्रकट गर्न चुम्बनकै सहयोग लिइन्छ ।

चुम्बनका क्रममा वा चुम्बनका लागि सर्वप्रिय अङ्ग ओंठ नै हो तर पनि चुम्बन गाला, निधार, हात, कपाल, स्तनलगायतका यौन संवेदनशील अङ्गमा पनि गरिन्छ । चुम्बनको सुरुवात एकथरिले स्वतःस्फूर्त विकसित कार्य मान्ने गरेको पाइन्छ ।

चुम्बन अर्थात किसको महत्व प्रेममा अझ महत्वपूर्ण छ । तर, यसको पछाडि कारण के छ भन्ने कुरा भने धेरै कमलाई मात्र थाहा छ ।पछिल्लो एक अध्ययनका अनुसार आफ्नो पार्टनरप्रति तपाईको लगाव कति छ भन्ने कुरा थाहा पाउन ‘किस’ को महत्वपूर्ण स्थान छ । यसले आपसी सम्बन्धलाई थप मजबुत बनाउन पनि सहयोग पुग्छ। एउटा रिलेशनसीपलाई बलियो बनाउनमा किसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सेक्स्युअल रिलेशनसीपमा किसको भूमिकाको विषयमा तीन वटा थ्यौरी भएको बताइन्छ । पहिलो दुवै पार्टनरको जेनेटिक क्वालिटि बढाउछ । दोस्रो, सेक्सका लागि उत्तेजनाको काम गर्दछ । र, तेस्रो यसले रिलेशनसीपलाई अझ प्रगाढ बनाउन सहयोग गर्दछ ।

यौन आसयविना पनि चुम्बनद्वारा अनुभूति व्यक्त गर्न सकिन्छ तर पनि हात वा जीउ सुम्सुम्याएर लिइने यौनस्पर्शपछिको दोस्रो मुख्य भौतिक सानिध्यको उपाय चुम्बन हो । कतिपय समाजमा मुखमुखबीचको चुम्बन यौन पाकक्रीडाका लागि सञ्चय गरिराखेको हुन्छ । प्रेम तथा कामवासनाका अभिप्रायले गरिने चुम्बन जबर्जस्ती हुनु हुँदैन । र, चुम्बन बलजफ्ती गर्ने कार्य पनि होइन ।

आदिम समुदायमा मानिसहरुले चुम्बन गर्थे या गर्दैन थिए भन्ने प्रमाण पाइदैन । ब्राजिलका मेहिनाकु जनजातिय समुदायले यसलाई अशिष्टता मान्ने गर्छन् । यस अध्ययन दलका प्रमुख र लस भेगास युनिभर्सिटीका प्रोफेसर विलियम जानकोवायकका अनुसार यो सबै मानवको स्वभाव होइन ।

प्रोफेसर विलियम जानकोवायकका अनुसार चुम्बन गर्नु पश्चिमी समुदायको देन हो, जो एक पिढींबाट अर्को पिढींमा आएको हो । उनको भनाईलाई सत्य मान्ने केही ऐतिहासिक कारण पनि छ ।

बेलायतका युनिभर्सिटी अफ अक्सफोर्डका प्रोफेसर राफेल वलोडारस्की भन्छन्, चुम्बन गर्नु अहिलेको चलन हो ।

त्यसो त चुम्बन जस्तै कुनै क्रियाको पुरानो उदाहरण हिन्दुको वैदिक संस्कृतिमा पनि पाइन्छ, जो आजभन्दा ३५ सय बर्ष पुरानो हो ।

-विभिन्न पत्रपत्रिकाको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?