हेटौडाका वडा अध्यक्षमाथी कार्यकक्ष मै हातपात

Read Time = 1 min

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ।

नेकपा एमालेका सचिव समेत रहनुभएका वडाध्यक्ष सिग्देलमाथि सानु लामा दोङले कार्यकक्षमा नै हातपात गरेका हुन्।

दोङले आफु माथी हातपात गरेको भन्दै वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिनुभएको छ ।

वडा अध्यक्ष सिग्देलले आफूमाथि हातपात गरेको भन्दै कारवाहीको माग गरे पछि प्रहरीले दोङको घरमा छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार एमालेकै जिल्ला सदस्यसमेत रहेका दोङको खोजी कार्य भईरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?