युक्रेनले स्वतन्त्रता दिवस नमनाउने

हिमालय टाइम्स
Read Time = 3 mins

किभ । युक्रेनले स्वतन्त्रता दिवस नमनाउने भएको छ । युक्रेनले स्वतन्त्रता दिवसमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो । सोभियत शासनबाट मुक्त भएको दिनको सम्झनामा युक्रेनले अगष्टलाई २४ लाई राष्ट्रिय स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ ।  तर आज पर्ने ३१औं स्वतन्त्रता दिवसमा भने कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न र सडकमा ननिस्किन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आग्रह गर्नुभएको छ । उहाँले स्वतन्त्रता दिवसका दिन रूसले खराब आक्रमणको तयारी गरिरहेको आशंका रहेकाले कोही पनि घरबाहिर ननिस्किन आवाहृन गर्नुभएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार त्यहाँ मंगलबारदेखि बिहीबारसम्मकै लागि आममानिसलाई सडकमा निस्किन प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो समय रूसले राजधानी किभ, अर्को चर्चित सहर खार्किभलगायत ठाउँमा लामो दूरीका मिसाइल आक्रमण गरिरहेको छ । यी आक्रमणबाट नागरिकलाई जोगाउन सडकमा ननिस्किन आहृवान गरिएको हो ।

यसैबीच रुसी हमलामा करिब नौ हजार युक्रेनी सेना मारिएको बताइएको छ । रुसको हमला सुरु भएदेखि करिब नौ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन-चीफ भ्यालेरी जालुज्नीले बताउनुभएको हो । भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब नौ हजार नायकमध्ये हुन सक्ने उहाँले बताउनुभयो ।

झण्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरूले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन् । यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा तीन हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जानकारी गराउनुभएको थियो ।

यस युद्धले निम्त्याएको विनाशले युक्रेनलाई बर्बादीको संघारमा पुर्‍याएको छ । रुसले गत फेब्रुवरी २४ बाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले युक्रेनका सम्पूर्ण संरचनालाई ध्वस्त पारेको छ । सधैँ चहलपहल रहेने युक्रेनी शहरमा मसानटघाट जस्तै सन्नाटा छाएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?