४७ औं वसन्तमा दीपाश्री

Read Time = 2 mins

काठमाडौं । नेपाली कला क्षेत्रकी लोकप्रिय कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले मंगलबार ४७औं जन्मदिन मनाउनुभयो । नेपाली कला जगतमा नृत्य हुँदै अभिनयमा होमिनुभएकी दीपाश्रीलाई ‘तीतो सत्य’ टेलिसिरियलबाट दर्शकले चिन्ने मौका पाएका थिए ।

मंगलबार काठमाडौंमा रहेको रेडियो-अडियोको सभाहलमा आयोजित जन्मदिन सेलिब्रेशन कार्यक्रममा दीपाश्रीलाई शुभकामना दिन थुप्रै कलाकर्मीको जमघट थियो । वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यदेखि नेपाली हास्य विधाका अधिकांश लोकप्रिय कलाकार शुभकामना दिन पुग्नुभएको थियो ।

आफ्नो जन्मदिनको अवसरमा आफूलाई शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै दीपाश्रीले भोलिका दिनमा अझ राम्रो काम गर्न पाउँ भन्दै सबैको साथले आजको स्थानमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजसम्म आउँदा धेरैले साथ दिनुभएको छ । एक्लै पक्कै पनि यहाँसम्म आउन सकिँदैनथ्यो । विशेषतः मेरो साथी दीपकराज गिरीको साथ आजसम्म छ । साथमा तीतोसत्यदेखि आज चलचित्रको यात्रासम्म अन्य थुप्रै साथीभाइले साथ दिनुभएको छ । यो नै मेरा लागि ठूलो कुरा हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?