कात्तिकबाट फागुनमा सर्‍यो ‘बुलाकी’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘बुलाकी’ को प्रदर्शन मिति हेरफेर भएको छ । अब यो चलचित्र आगामी फागुन १९ गते दर्शकमाझ आउने बताइएको छ । केही महिनाअघि नै कात्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको भए तापनि मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई दृष्टिगत गरी मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र विष्टले दिनुभएको छ ।

‘देश चुनावमा होमिएको र सचेत नागरिकको हौसिएतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौ,’ निर्माता टोपेन्द्रले भन्नुभयो, ‘चुनावको माहोलमा आममानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले फिल्म सारेका हौ ।’

लक्ष्मण सुनार निर्देशित चलचित्रको मंगलबारै नयाँ पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्ट मुख्य भूमिकामा हुनुहुन्छ । स्व.मोती विष्टको प्रस्तुति रहेको चलचित्र छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो । कर्णाली भेगको जनजीवन र प्रथामा आधारित चलचित्रलाई शिव ढकालले खिच्नु भएको हो भने अर्जुन जिसीले सम्पादन गर्नुभएको हो ।

गोपाल कायस्थ र एफडीले वितरण गर्ने चलचित्रको स्क्रिप्ट निर्देशक स्वयं, अभिनेता विराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?