टाटा मोटर्सको ‘दशैँमा द-सही’ अफर

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैँमा द-सही अफर’ ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विंगर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । आफूले खरिद गरेको गाडीको सेग्मेन्टअनुसार विभिन्न उपहार छानेर लिन सकिने बताइएको छ । साथै एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्सलगायतका सुविधा पनि रहेका छन् ।

सिप्रदीको कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालका अनुसार हरेक वर्षझैँ यस वर्षको दशैँलाई लक्षित गर्दै ग्राहकतर्फबाट अफरसम्बन्धी सकारात्मक प्रतिक्रिया आएका छन् । विशेषगरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको उहाँले बताउनुभएको छ । कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ-कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज टाटा मोटर्स ट्रक्स एन्ड बसेस नेपाल हेर्न वा ९८०११०७६०० मा मिसकल गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?