जापानमा कोभिडको सातौं लहर, दैनिक तीन सय बढीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

टोकियो । जापानमा कोभिडका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ ।

जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहँ दैनिक औषतमा तीन सय जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकै दिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा दुई लाखभन्दा बढी संक्रमित भएका छन् । जापानमा दैनिक कोभिड संक्रमितको संख्या तीन लाखसम्म पुगेको थियो ।

संक्रमितको संख्या बढेसँगै सरकारले गतिविधिमा कडाइ गरेको छ । अनिवार्य मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?