समानुपातिकतर्फका निर्वाचनका लागि १० भदौबाट दल दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदश पेश गर्न आब्हान गरेको छ ।

मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो ।

आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार भदौ १० देखि भदौ १२ सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ । आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?