राजु लामाले फहराए फुजीमा नेपाली झण्डा 

Read Time = 2 mins

-पूर्ण चलाउने

टोकियो। मंगोलियन हर्टका गायक राजु लामा यतिखेर जापानमा छन । लामाले आइतबार टोकियोमा तमुधीं जापानको आयोजनामा भएको एक भब्य रोधी साँझ कार्यक्रममा आफ्ना आकर्षक प्रस्तुति दिदै नेपाली दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गराएका थिए । लामाका प्रत्येक प्रस्तुतिमा खचाखच भरिएको हलमा दर्शकहरू नाचेर, संगसंगै गाएर र सुनेर रमाइरहेका थिए ।

उक्त कार्यक्रमका एक सहभागीले भने,’कोरोना भाइरस फैलिएपछि जापानमा यो स्तरको सांगीतिक कार्यक्रम भएको थिएन, जेहोस धेरैपछि आज साँगीतिक रमाइलो भयो।’

लामाको टोकियोपछि जापानको ठूलो शहर नागोया, ओकिनावा र ओसाकामा पनि कन्सर्टहरू आयोजना गरिएका छन ।

मंगलबार भने लामाले जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजीमा चढेर नेपालको राष्ट्रिय झण्डा फहराएका छन ।

माउन्ट फुजी चढिसकेपछि लामाले चढ्न गार्हो भएपनि त्यसको आनन्द भने शब्दमा बयान गर्न नसकिने बताएका छन । चन्द्र र सूर्य अंकित नेपालको झण्डा जापानको सबैभन्दा अग्लो हिमालमा फहराउन पाउँदा गर्वको महशुस गरेको पनि लामाले बताए ।

माउन्ट फुजी तीन हजार ७७७ मिटर अग्लो हिमाल हो । उसो त लामाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?