अभिताभ बच्चनलाई कोरोना संक्रमण

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेता अभिताभ बच्चन पुन कोरोना संक्रमित भएका छन । सामाजिक सञ्जालमार्फत बच्चनले आफूलाई कोभिड संक्रमित भएको जानकारी दिएका हुन ।

उनले लेखेका छन्, ‘म केही समयअघि कोरोना पोजिटिभ देखिएको छु । जो पनि मेरो सम्पर्कमा आउनुभएको थियो, कृपया परीक्षण गराउनुहोला ।’

अमिताभ हाल ‘कौन बनेगा करोडपति १४’ शो सञ्चालन गरिरहेका छन् । शोका क्रममा उनी विभिन्न व्यक्तिको सम्पर्कमा आउने गरेका छन् ।

यसअघि पनि उनीसहित छोरा अभिशेष बच्चनलाई कोरोना संक्रमण भएको थियो । उनको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?