जिल्ला कारागार अछाममा कैदीको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

अछाम । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर–५ का बेदराज भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार आफ्नै शरीरमा चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष तीन महिना आठ दिनको कैद सजायको फैसला गरेको थियो । उनी भदौ २ गतेदेखि जेल चलान भएका थिए ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?