सरिता गिरिले गरिन् सामाजिक सञ्‍जालमार्फत पार्टी छोडेको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । सरिता गिरीले नेपाल सद्भावना पार्टी छाड्ने घोषणा गर्नु भएको छ । सामाजिक सञ्‍जालमार्फत उहाँले बुधबार बिहान उक्त घोषणा गर्नुभएको हो ।

आफ्‍ना जेठाजू प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफूले सद्भावना पार्टी छाडेको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गर्नुभएको छ

‘म दिवन्गत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिताले लेख्नुभएको छ, ‘नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ ।’

‘कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो । म २०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको छु र त्यही जनताबीच मेरो कर्मभुमि रहने छ।’ उहाँले भन्न्ुभएको छ । ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उत्तराधिकारीको राजनीतिमा विश्वास गर्दिन, न त प्रदीप दाई गर्नुहुन्थो । कर्मको राजनीति मेरो साध्य र साधन दुवै हुनेछ ।’

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?