युवा तथा खेलकुद मन्त्रालय र प्रदेश युवा परिषद्को कार्यालयबीच कार्य सम्पादन सम्झौता

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

काठमाण्डौं । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र प्रदेश युवा परिषद् बागमतीको कार्यालयबीच मंगलबार कार्य सम्पादन सम्झौता भएको छ ।

मन्त्री रत्न प्रसाद ढकालको उपस्थितीमा मन्त्रालयका सचिव धुर्व गैडा र युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँईबीच एक बर्षको अवधिमा सम्पन्न गर्ने कामबारे सम्झौता भएको हो ।
दुई पक्षले हस्ताक्षर गरेको कार्य सम्पादन सम्झौतामा उक्त अवधिमा संचालन गर्ने क्रियाकलापहरुको सूचि छ ।

२०७९/०८० को कार्य सम्पादन सम्झौतामा युवा नेतृत्व क्षमता विकास, युवा परामर्श र मार्गदर्शनका कार्यहरु गर्ने, युवा उद्यमशिलता विकास गर्ने, विज्ञान प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्द्धनका कार्यमा प्रोत्साहन गर्ने, युवा र स्वास्थ्यको सवालमा कार्यक्रम संचालन गर्ने, युवा र सामाजिक सुरक्षाका लागि उद्यमशिलताका कार्य गर्ने भनिएको छ ।

त्यस्तै, युवा मैत्री स्थानीय तह विकास गर्ने, प्रदेश युवा नीति र रणनैतिक योजना तयारी गर्ने वा पहलकदमी गर्ने, युवाको आवश्यकता हेरी खोजमुलक अनुसन्धान गर्ने, विदेशबाट फर्किएका तथा विदेशबाट सिकिआएको सीपलाई स्वदेशमा प्रयोगका लागि तालिम तथा अन्य सामग्री सहयोगका कार्यक्रम संचालन गरिने भनिएको छ ।

त्यसैगरी, बागमती प्रदेशभरका युवाहरुको प्रतिभा पहिचान, उत्कृष्ट युवा प्रतिभालाई सम्मान तथा प्रोत्साहन गर्ने, उद्यमशीलता तथा राम्रा अभ्यासको अनुभव आदान प्रदान गराउन भ्रमण लैजाने, द्धन्द्ध पीडित, वेपत्ता, घाईते तथा अपाङ्गता भएका युवाहरु लक्षित लगायतका कार्यक्रमहरु गर्ने कार्य सम्पादन सम्झौतामा उल्लेख छ ।

प्रदेश सरकारको लक्ष्यअनुसार यी र यस्तै कामहरु गर्न मन्त्रालयले चालु आर्थिक बर्षको लागि ४ करोड १८ लाख छुट्याएको युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँईले जानकारी दिनुभयो ।

हेर्नुहाेस् कार्य सम्पादन सम्झौता जस्ताको त्यस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?