कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाण्डौको कलंकीस्थित खसीबजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको छत्रे देउराली-२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ ।

टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?