महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-२ हङकङ डाँडामा गएराती मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन । उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो ।
गएराती सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
फरार रहेको मोटरसाइकलमा पछाडी सवार महोत्तरीको गौशाला नगरपालिका-१ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
दुर्घटना पश्चात मोटरसाइकल लिएर फरार रहेका दुई जनाको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका