काठमाडौं । बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।
बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।
बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ७९ हजार ७०५ कित्ता शेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
बुधवार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा ६ उपसमूहको सूचक भने नकारात्मक देखिएका छन् ।
बुधवार सामान्य अंकले नेप्से बढेसँगै मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ५.८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५.२५ प्रतिशतले बढेको छ । यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ । आजन अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १६ करोड ९२ लाख रुपैयाँका शेयर कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच