छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

Read Time = 2 mins

राजबिराज । सप्तरी छुट्टाछुट्टै घटनामा ७ बर्षिया बालक र ५५ बर्षिया पुरुषको मृत्युभएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका –४ मधवापुर स्थित आफ्नै पोखरीको पानीमा डुबी जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको आज दिउँसो करिव ३ : १५ बजेको समयमा मृत्यु भएको हो ।

सुस्त मनस्थिति भएका उनी घरमा कोही नभएको मौका पारी घर नजिकै रहेको आफ्नै पोखरीको पानीमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

यसैगरी जिल्लाकै विष्णुपुर गाउँपालिका वडा नं.६ रंजितपर स्थित राजबिराज तिलाठी सडक खण्डमा तिलाठीबाट राजविराज तर्फ आँउदै गरेको प्रदेश २ – ०१ – ००१ ह ०९१८ नम्बर को टेम्पुले रोकिरहेको साइकल यात्रीलाई ठक्कर दिई साइकल यात्री विष्णुपुर विष्णुपुर गाउँपालिका गोरगामा बस्ने वर्ष ५५ को राम बिलाश रायको मृत्यु भएको छ । ठक्करबाट घाईते उनको उपचारको लागी राजबिराजको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दिउँसा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?