आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीसँग राष्ट्रपतिको छलफल

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले उहाँहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गर्नुभएको हो ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले सुरक्षाकर्मीलाई धन्यवाद दिनुभएको थियो ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहनुभएको राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तिव्रता दिनुभएको छ ।

भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित हुनुभएको हो। उहाँको कार्यकाल सकिँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?