एमाले पोलिट्ब्युरो बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न पालिट्ब्युरो बैठक बस्न लागेको हो ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी दिनुहुनेछ ।

१२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ । निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?