किभ । रुसले युक्रेनको रेल्वे स्टेशनमा रकेट आक्रमण गरेको छ । यात्रुबाहक रेलमाथि रकेट आक्रमणबाट २२ जनाको मृत्यु भएको हो ।
रुसको कब्जामा रहेको डोनेट्स्कको पश्चिममा अवस्थित च्यापलेन शहरमा यात्रुबाहक रेलमाथि रकेट आक्रमण भएको बताइएको छ । रकेट आक्रमणसँगै रेलमा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले उक्त आक्रमणमा करिब ५० जना घाइते भएको जानकारी दिएका छन्। रुसले भने आक्रमण सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
यसैबीच, युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ ।
सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउँदै गर्दा र युद्धको छ महिनाको बिन्दु हुँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै नागरिकहरूलाई घरबाहिर ठूलो सङ्ख्यामा ननिस्कन आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रुसी क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले कीभका अधिकारीहरूले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन् ।
स्वतन्त्रता दिवसकै दिन रुसी सेनाले युक्रेनी यात्रुबाहक रेलमाथि रकेट आक्रमण गरेका हुन् । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका