नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९९५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढ्दा मृत्यु हुनेको संख्या पनि थपिँदै गएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९ लाख ९६ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ९ लाख ७९ हजार ९३८ जना निको भइसकेका छन् ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २९८ रहेको छ ।

गत फागुन २७ गतेदेखि शून्यमा झरेको कोभिड मृत्युदर पुनः बढ्न थालेको छ। असार १ गतेबाट सुरु हुन थालेको मृत्युको शिलशिला रोकिएको छैन।

कोरोना संक्रमणका कारण दैनिक एक या दुई जनाले ज्यान गुमाइ रहेको तथ्यांकले देखाएको छ। तेस्रो लहरमा भएको मृत्यु पश्चात चार महिनापछि असार १ गते पहिलो संक्रमितको मृत्यु भयो।

मृत्यु भएकाको कारण विश्लेषण गर्दा अधिकांश खोप नलगाएका र दीर्घ रोगीहरू रहेको पाइएको छ। साउन १ देखि हालसम्म १९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?