रियाद । साउदी अरेबियाले ग्लोबल एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।
‘राम्रो मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा केन्द्रित रहेर सो विश्व सम्मेलन गर्न लागिएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ ।
सो सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका विश्वका एक सयजना विज्ञ सहभागी हुने र आफ्नो विशेषज्ञताका विषयमा कार्यपत्र पनि प्रस्तुत गर्ने जनाइएको छ ।
सो सम्मेलनमा स्मार्ट सिटी, मानवीय क्षमताको विकास, स्वास्थ्य क्षेत्र, यातायात, संस्कृति तथा सम्पदा, ऊर्जा आदिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामहरूका बारेमा पनि छलफल गरिनेछ ।
मानिसको सहयोगी एवं मानवीय सेवा र जनशक्तिको पूर्तिका क्षेत्रमा यस आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामका बारेमा सो सम्मेलनमा छलफल गरिने जनाइएको छ ।
हाल विश्वमा प्रयोगमा आइरहेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा आवश्यक मात्रामा परामर्श र छलफल गरी यसको प्रयोगमा देखा परिरहेका चुनौती र त्यसको समाधानका उपायहरूका बारेमा सो सम्मेलनमा छलफल हुने बताइएको छ ।
मानवीय सेवाका क्षेत्रमा बढीभन्दा बढी यो आर्टिफिसियल इन्टेलिजेन्सलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सो सम्मेलनमा यसका विज्ञहरूबीचमा छलफल हुने सो समाचारमा जनाइएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच