साओमी १२ लाइट नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । नयाँ मोबाइल सार्वजनिक गर्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भन्नुभयो, ‘साओमीले नवीनतम् प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप फोन सेट समय-समयमा विकास गरिरहन्छ ।

सोहीक्रममा हामीले साओमी १२ लाइट ल्याएका छौँ । यसमा फ्ल्यागसिप डिजाइनका साथै १०८ एमपी मेन क्यामेरा, आठ एमपी अल्ट्रा वाइड एङल क्यामेरा र दुई एमपी म्याक्रो क्यामेरा रहेको छ । छ प्लस एक सय २८ जिबी र आठ प्लस एक सय २८ जिबी स्टोरेज रहेको फोनको मूल्य क्रमशः ५० हजार नौ सय ९९ र ५३ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?