टिसिएलको ‘अजम्बरी खुसी’ योजना

Read Time = 2 mins

काठमाडौं । ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टिभी ब्रान्ड टिसिएलले दशैँ तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुसी’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादन खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना सीमित अवधिका लागि नेपालभर लागू हुने बताइएको छ ।

ग्राहकले टेलिभिजन खरिदमा ४० हजार चारसम्म छुटका साथै कर्भड टेलिभिजन खरिदमा १४ हजार सात सय छुटका साथै एक थान टिभी स्टिक उपहार पनि पाउन सक्नेछन् । त्यस्तै वासिङ मेसिन खरिदमा १९ हजार तीन सयसम्म र छ केजीको सर्फ एक्सेल वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन् । त्यस्तै रेफ्रिजेरेटर खरिदमा ३५ हजार सात सय छुट, एयर कन्डिसनर खरिदमा ३५ हजार चार सय छुटका साथै चार हजारबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी वाटर डिस्पेन्सर खरिदमा चार हजार तीन सयसम्म छुट र चेस्ट फ्रिजर खरिदमा १४ हजार सात सय र साउन्ड बार खरिदमा छ हजारसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । नेपालभर टिसिएल ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?