बालेनलाई साम्पाङको कटाक्ष- व्यवस्थापन नमिलाई विस्थापित गर्न हुँदैन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच अहिले आरोप प्रत्यारोपको दोहोरी नै चलेको छ ।

सामाजिक संजालमार्फत एकअर्काप्रतिको घोचपेच अहिले सार्वजनिक भइरहेको छ । अझ बढी यसमा हर्क साम्पाङ सकृय रहेको देखिनुहुन्छ ।

मेयर साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई लक्षित गरि आज फेरि ट्वीट गर्नु भएको छ ।

काठमाडौंमा अनधिकृत रूपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने महानगरको अभियान चलिरहेका बेला साम्पाङले यसै विषयमा फेसबुकमार्फत टिप्पणी गर्नुभएकोृ हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’

यसअघि साम्पाङले फोहोर व्यवस्थापनको विषयमा पनि मेयर साहलाई कटाक्ष गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?