काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभाले ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार सम्पन्न कम्पनीको साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार चुक्ता पुँजीको ५५ प्रतिशत (करसहित) का दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ असारसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ ।
कम्पनीले आव २०७८/०७९ मा १२ करोड आठ लाख खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ६०.३९ कायम गरेको थियो । सञ्चालनमा आएको पाँच वर्ष चार महिना अवधिमै सेयरधनीलाई एक सय ४१ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सफल भएको कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच